
कञ्चनपुर, २० मंसिर– भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरको रामपुर विलासपुर गाविस–७ का २५ वर्षीय लहानु चौधरीको करेन्ट लागेर बिहिबार मृत्यु भएको छ ।
विद्युत् मजदुरका रुपमा कार्यरत चौधरीको विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेको मृतकका सालो जयराम चौधरीले बताए । मृतक चौधरीसँगै कार्य गर्दै आएका स्थानीयवासीले फोन गरेर जानकारी गराएको चौधरीले बताए ।
मृतकको शव ल्याउन उनका आफन्त बिहिबारै बैंगलोरतर्फ लागेका छन् ।