
काठमाण्डु, १७ भदौ – नेपाल–चीन गैरसरकारी सहयोग मन्चको १२ औं बैठक चीनको राजधानि बेइजिङ सोमबारबाट शुरु हुदैछ ।
नेपाल र चीनले पालैपालो आयोजना गर्ने बैठक यसपटक अखिल चीन उद्योग वाणिज्य महासंघले आयोजना गरेको हो । बैठकमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा १६ जनाको टालीले सहभागिता जनाउदैछ ।
मंगलबारसम्म चल्ने बैठकमा पर्यटन र नविन उर्जाको विषयमा विशेष छलफल हुने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वैद्यले नेपालको पर्यटन तथा परियोजनाहरु र महासंघका उर्जा फोरमका सभापति चन्द्र प्रसाद ढकालले नविन उर्जाको विषयमा प्रस्तुति गर्ने जनाइएको छ ।