
गैर आवासीय नेपाली संघ यूएईको दोश्रो बैठकले प्रवक्ता, महिला संजाल प्रतिनिधि, आइसीसी मनोनित सदस्य समेत चयन गर्दै बिभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ | गत शुक्रवार दुबईमा सम्पन्न उक्त बैठकले प्रवक्तामा नवराज बस्नेतलाई चयन गरेको हो | बस्नेत संघको आबुधाबी क्षेत्रीय समितिका पूर्व संयोजक समेत रहिसकेका छन् | त्यसैगरी रिक्त रहेको महिला संजाल प्रतिनिधिमा अमृता सिग्देल अधिकारीलाई नियुक्ति गर्दै उक्त बैठकले मनोनित आइसीसी सदस्यमा बरिस्ठ समाजसेवी यम तमु र रेखा घिमिरेलाई सिफारिस गरेको छ |
सोहि बैठकले बैधानिक प्रावधान बमोजिम ७ सदस्यीय सचिवालय समिति तथा एक सल्लाहकार समिति समेत गठन गरेको छ | संघका अध्यक्ष कृष्ण भुसाल संयोजक रहने उक्त सचिवालय समितिमा बिकाश अधिकारी, गोपाल कंडेल, रबिरमण अधिकारी, नवराज बस्नेत र अमृता सिग्देल अधिकारी सदस्यहरु रहेका छन् । गठित ७ सदस्यीय सल्लाहकार समितिमा समाजसेवीहरु क्रमशः सिपि सापकोटा, प्रदिप पौड्याल, सूर्य निरौला, गजेन्द्र शर्मा, सन्तोष प्रसाईं, दिपक थपलिया र डी यल शर्मा रहेका छन् |
संघका अध्यक्ष कृष्ण भुसालको सभापतित्वमा सम्पन्न उक्त बैठकले आगामी फेब्रुअरीको पहिलो साता एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै उक्त कार्यको लागि युवा संजाल प्रतिनिधि प्रकाश पौडेलको संयोजकत्वमा एक समिति समेत निर्माण गरेको छ | यसअघि उक्त कार्यक्रम अंग्रेजी नयाँ बर्षमा गर्ने भनिए पनि एक महिना पर सरेको हो |
संघका निवर्तमान अध्यक्ष चन्द्र बहादुर रोकाहा मध्यपूर्व संयोजकमा निर्वाचित भएकामा सम्मान स्वरूप संघले यसै महिनाको अन्तिम शुक्रवार एक पिकनिक कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको महासचिव गोपाल कंडेलले जानकारी गराएका छन् |
त्यसैगरी संघले आफ्ना पंजीकृत सदस्यहरुलाई सदस्यता कार्ड वितरण गर्ने जनाएको छ | उक्त कार्यको लागि मेघराज सापकोटाको संयोजकत्वमा छुट्टै एक समिति समेत गठन गरेको छ | अघिल्लो कार्यसमितिले पंजीकृत सदस्यहरुको संख्या अत्याधिक रहेकाले सदस्यता कार्ड वितरणमा कठिनाई भएको बताएको थियो |