
काठमाण्डु, २७ मंसिर– विश्वभरका करिब २३ करोड बालबालिकाको जन्मदर्ता नभएको तथ्यांक सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा विश्वका हरेक तीन बालबालिकामा एक जनाको जन्मदर्ता नभएको उल्लेख छ । विश्वका १ सय ६१ राष्ट्रका बालबालिकामा अनुसन्धान गरिएको थियो ।
जन्मदर्ता कम हुनुमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता कारण जिम्मेवार रहेको बताइएको छ । जन्मदर्ता नगराउनेमा दक्षिण एसिया र अफ्रिकी मुलुक अगाडि छन् ।
युनिसेफले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा बालबालिकाको जन्मदर्तासम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो ।