
भक्तपुर, २१ भदौ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी संविधानसभा निर्वाचनमा काँग्रेस ठूलो शक्ति नभए लोकतान्त्रिक संविधान नबन्ने बताएका छन् । ‘सर्वसत्तावादी चिन्तनले ग्रसित माओवादी ठूलो शक्ति बनेकाले नै विगतमा संविधान नबनेको दावी गर्दै सिंहले अबको चुनावमा काँग्रेसले हारे संविधान नबन्ने दाबी गरे ।
‘फेरि पनि माओवादी ठूलो शक्ति भए संविधान बन्दैन,’ नेपाली काँग्रेस बालकोट र दधिकोट गाउँ समितिले बिपी कोइरालाको एक सयौं जन्मजयन्तीको अवसरमा शुक्रबार भक्तपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने । काँग्रेसको नेतृत्वमा राष्ट्रियता जोगाउने प्रमुख जिम्मेवारी आएको भन्दै महामन्त्री सिंहले यसका लागि सबै कार्यकर्ता एकजुट भएर चुनाव सफल पार्न सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा काँग्रेस युवा नेता गगन थापाले मंसिर ४ को निर्वाचनको विकल्प नरहेको बताए ।