
काठमाण्डु, १० माघ–भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ सदस्यको हत्या भएको छ । बुलन्द शहरको नरौरा इलाकामा पर्ने पिलखनामा विहीबार राती सुतिरहेका एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
रामघाटरोडस्थित ८० बर्षीय मौसम खाँ, उनको श्रीमती, ६० बर्षीय छोरा शौकिन, बुहारी शन्नो, र नाति–नातिनीको भाला रोपेर हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न र हत्याको कारण स्पष्ट खुलिसकेको छैन । तर, प्रहरीले मृतकको भाइ मोमिनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
जग्गा विवादमा उनीहरुको हत्या भएको अनुमान गरिएको छ । उनीहरुको परिवारमा जग्गाको विषयलाई लिएर विवाद हुदै आएको थियो ।