
काठमाण्डु, १८ माघ – यूएई रहेका तामाङ समुदायले शुक्रबार २८५० औँ नयाँ सोनाम लोछार मनाएका छन् । त्रिशुली समाज यूएईले सोनाम लोछार को अवसर पारेर अलएनको जोर्डनी क्लबमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा सभासद बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सभासद लामाले सोनाम लोछारमाथि प्रकाश पर्दै शुभकामना दिएका थिए।
त्यसैगरी तामांग नाचबाट आरम्भ गरिएको दोश्रो चरणको सास्कृतिक कार्यक्रममा विभिन्न आकर्षक गायन र नृत्य प्रस्तुत गरिएको थियो ।
स्थानीय रुपमा चर्चित कलाकारहरु चमेली तामांग, मिनुसा लामा लगायत अन्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने ज्ञानलाम्खोर तथा सुमन सिङ्ग्देन को गीतले पनि दर्शकलाई पूर्ण मनोरन्जन दिलाएको थियो।
तेस्तै बीच बीच मा लक्ष्मण दुरेलि को हास्य ब्येङ्ग तथा नारायण र कृष्ण को कमेडी नृत्यले दर्सकहरुलाई पेट मिची मिची हास्न बाध्य गराएका थिए।
साथै गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल बाट आउनु भएका अथिति कलाकारहरु सगर एस वाईबा र मिना लामा जब मंच मा पुगेका थिए तब यूएईको चिसो मौसमलाई नै परिबर्तन गर्दै एका एक गरमा गरम बनाएका थिए।