
काठमाण्डु, २२ पुस – कतारको जेलमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीले आम माफी पाएका छन् ।
कतारको राष्ट्रिय दिवसका अवसरमा त्यहाँको सरकारले आममाफी दिएकाहरुमा ९ जना नेपाली रहेका कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आममाफी पाउने नेपालीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।