
जापान, २३ पुस – लामो समयदेखि जापानमा बसोबास गर्दै आएका म्याग्दीका ५१ वर्षीय गोपाल मल्लको निधन भएको छ । मल्लको गत शनिबार इवाराकी केनस्थित कोगा सिटीको हिगासी यामातामा मृत्यु भएको हो ।
३१ वर्षदेखि जापानमा रहेका मल्ल विगत लामो समयदेखि बेरोजगार रेहको र साथीहरुसँग आश्रय लिएर जापानमा बस्दै आएका थिए । उनको निधन साथीको कोठामा भएको हो । स्वास्थ्यमा ध्यान पुर्याउन नसक्दा मृत्यु भएको हुनसक्ने बताइएको छ ।
मल्लका श्रीमती र ३ छोराहरु छन् । अहिले उनको शव प्रहरी नियन्त्रणमा रहेको र परिवारका सदस्यहरुसँग सम्पर्कको प्रयास भइरहेको बताइएको छ ।