
अस्ट्रेलिया, २७ पुस – अस्ट्रेलियाको ओलंघन क्षेत्रमा एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ । चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो ।
गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनी न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवारसहित बसोबास गर्दै आएका थिए ।
यसै साता मात्र दुई नेपाली विद्यार्थीको पानीमा डुबेर मृत्यु भएको थियो ।