
यूएई– दुबईको आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो ।
कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, सञ्जयकुमार बिष्ट, रामबहादुर गोले, धिरेन्द्र बहादुर महरा छन् । त्यस्तै भिमबहादुर सिन्जाली, भोजबहादुर हायु, देवीलाल रम्तेल, श्यामबाबु ठाकुर, भुवनसिङ बिके, सन्तोष गुरुङ, शुकलाल बिके र पूर्णबहादुर भुजेल पनि नेपाल फर्किएका छन् ।
त्यस्तै शनिबार बिहान ७ जनालाई नेपाल फर्काएको हो । शनिबार बिहान नेपाल फर्किएका मध्ये राजाराम अर्याल, सुरज श्रेष्ठ, हरिप्रसाद बजगाईं, सन्तोष गिरी, चिरन्जिवी अछामी, इन्सान थापा, मुकेश नेपाली रहेका छन् । यस्तै ७ जनालाई शनिबारै साँझ नेपाल फर्काइएको छ । शनिबार साँझ नेपाल फर्कनेमा मानबहादुर राटोकी, धनीराम थारु, नारायण गुरुङ, सान्तबहादुर कामी, भोजबहादुर भोल, रमेशबहादुर महरा, र सुमन महर्जन छन् ।
उद्दार गरिएका सबैलाई आबुधाबीबाट भारत ट्रान्जिट हुँदै नेपाल फर्काईएको हो । अब ९० जना नेपालीलाई केही दिनमै नेपाल फर्काउन लागेको पीडितहरुले बताएका छन् । फर्किने सबैले आफूले पाउनुपर्ने रकमको ५० प्रतिशत हिसाब बुझेर फर्किएको बताएका छन् ।