अस्ट्रेलियामा बनेपाकी निस्मा श्रेष्ठको मृत्यु

काठमाण्डु टुडे २०७५ फागुन २५ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, २५ फागुन – अस्ट्रेलियाको मेलवर्नमा रहेकी नेपाली विद्यार्थी निस्मा श्रेष्ठको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोककाे बनेपा घर भई हाल पढाईको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया पुगेकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो ।

मेलवर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिँदा टाउकोमा गम्भरि चोट लागेकी निष्माको उपचाको क्रममा अस्पतालमा निधन भएको हो ।

उनका आफन्तहरू भाइ र श्रीमान् ७ मार्चमा मेलवर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो ।

एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक केशव कँडेलले दुर्घटनाको खबर पाएदेखि आफूहरू अस्पतालको सम्पर्कमा रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us