विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी डब्लूएफपीकी कर्मचारी !

काठमाण्डु टुडे २०७५ फागुन २७ गते १०:१२ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – आइतबार भएको इथियोपियन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन् ।

डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ । राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us