जापानमा नेपाली विद्यार्थीले मासिक कति आम्दानी गर्छन् ?

काठमाण्डु टुडे २०७५ फागुन २७ गते १६:३५ मा प्रकाशित

एजेन्सी । धेरैको जिज्ञासा हुन्छ, जापानमा कति पैसा कमाइन्छ ? भन्न अफ्ठ्यारो कुरा चै के हो भने हरेक देशमा झै यहाँपनि तपाईको उमेर, पेशा, क्षमता र लिंगका आधारमा तपाईको तलब फरक पर्छ ।

सामान्य भाषा विद्यार्थीका रुपमा आउँदा तपाईले कमाउने प्रतिघण्टा ८०० देखि १००० येनको विचमा हो, समय स्थान र कामको प्रकृति हेरेर सो कुरा तलमाथी हुनसक्छ र नियमानुसार तपाई हप्तामा २८ घण्टा मात्र काम गर्न पाउनुहुन्छ । आज हामी जापानी जब पोर्टल डोडा ले गरेको बार्षिक तलब सर्वेका आधारमा यो जानकारी तयार पार्दैछौं ।

२०१६ मा जापानमा बार्षिक औषत तलब ४४ लाख २० हजार थियो जुन सरदर उनान्चालिस हजार डलर बराबर हो ।

उमेर अनुसार बार्षिक औषत तलब कति ?

सामान्यतया जापानमा उमेर समूह अनुसार पाउने तलब पनि फरक पर्छ, जस्तो कि उमेर बढ्दै जाँदा बार्षिक तलब पनि बढ्दै जान्छ । तलको टेवलमा २० बर्षको, ३० बर्षको, ४० बर्षको र ५० बर्षको उमेर समूहका महिला तथा पुरुषको औषत बार्सिक तलव देखाइएको छ जसमा उमेर समूह अनुसार तलब बढ्दै गएको छ ।

व्यवसाय अनुसार बार्षिक औषत तलब कति ?
डोडाले गरेको सर्वेक्षणका आधारमा १० वटा उच्च तलब भएका व्यवसायिक क्षेत्रहरुमा काम गर्ने महिला तथा पुरुषहरुले पाउने बार्षिक तलब तलको टेवलमा देखाइएको छ । जस अनुसार केही क्षेत्रहरुमा जापानभरको बार्षिक औषत तलबभन्दा पनि बढि तलब पाइने गरेको देख्न सकिन्छ ।

जागिर अनुसार बार्षिक औषत तलब कति ?
डोडाले गरेको सर्वेक्षणमा जापानमा ८६ प्रकारका कामहरुमा संलग्न व्यक्तिहरुले पाउने बार्षिक औषत तलब देखाइएको थियो, यहाँ टप ३० वटा जागिरको डाटा प्रस्तुत गरिएको छ ।

केही बर्ष यताको बार्षिक औषत तलबको ट्रेण्ड कस्तो छ ?

डोडाले गरेको सर्वेक्षणमा २०१५ मा भन्दा जम्मा ० दशमलब ५ प्रतिशतले बार्षिक आम्दानी बढेको देख्न सकिन्छ त्यस्तै गरि सन् २००८ भन्दा बार्षिक औषत तलब १९०००० जापानी येन कम देखिन्छ । तलको टेबल र ग्राफ हेर्नुहोस् ।

जापानी कम्पनीहरुमा शिप, क्षमता हेरेर तलव निर्धारण गरिन्छ, विदेशी हो भन्दैमा कम तलव दिने भन्ने हुँदैन त्यसैले आफुमा शिप क्षमता सहित विशेसज्ञता हाँसिल गरेको सर्टिफिकेट लिन सक्नुभयो भने, माथि दिइएको बार्षिक तलबको भागिदार तपाई पनि बन्न सक्नुहुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us