
काठमाण्डु, ६ चैत्र – अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ ।
अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा प्रचण्डलाई राजदूतावासका कामबारे राजदूत कार्कीले ब्रिफिङ गरेको गंगा दाहालले जानकारी दिइन् । प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा छन् ।