
काठमाण्डु, १३ चैत – नेपाली कुटनीतिज्ञ डा भेषबहादुर थापाले छोरी गुमाएका छन् । ८४ बर्षीय थापाले यसै हप्ता आफ्नी ५२ वर्षीया छोरी तेजश्री थापालाई ५२ वर्षीया छोरी तेजश्री थापालाई गुमाएका हुन् । तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भए गुमाएका हुन् । तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भएको हो । पत्रकार डेनियल ल्याकले मायाँसहित न्यूयोर्कमा उपस्थित परिवारका सदस्यहरुको बीचमा तेजश्रीको मृत्यु भएको छ ।
तेजश्री सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अग्रणी अभियन्ता थिइन् । उनले आफ्नो करिअर श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी थिइन् ।
उनले नेदरल्याण्डको हेगस्थित अन्तराष्ट्रिय अदालतमा भूतपूर्व युगोस्लाभियामा भएको युद्धका क्रममा भएको मानवताविरोधी घटनाहरुको अभियोजनकर्ता भएर पनि काम गरिन् । त्यसक्रममा लैँगिक हिंसा र अपराध सम्बन्धी घटनाहरुलाई अभिलेखिकरण गर्ने कामपनि गरेकी थिइन् ।
पूर्वी बोत्स्नियाको फोका शहरमा भएको एउटा घटनाको उनले यसरी अनुसन्धान र खोजविन गरिन् कि, त्यसकै आधारमा मुद्दा दायर भयो र ८ जना पूर्व सैनिक अधिकारीहरुमाथि मुद्दा दायर हुनुका साथै उनीहरुमाथि अन्तर्राष्ट्रिय अदालतले जेल सजायँसमेत तोक्यो ।
स्व तेजश्रीका बहिनी–ज्वाइँ (साहित्यका–रलेखक मञ्जुश्री थापाका श्रीमान्) समेत रहेका पत्रकार ल्याकका भनाईमा, अन्तर्राष्ट्रिय कानूनको आधारमा जो कसैमाथि मुद्दा दायर र सजायँ समेत तोकिएको पहिलो घटना थियो । र, यसरी युद्धका बेलामा भएका अपराधका दोषीहरुलाई न्यायको कठघरामा ल्याउने विषयमा तेजश्रीले महत्वपूर्ण योगदान दिइन् ।
युद्ध अपराधको आरोप लागेका स्लोभाकियाका तत्कालिन राष्ट्रपति स्लोभोदान मिलोसोभिकमाथिको मुद्दाको सुनुवाई भएको इजलासमा पनि तेजश्रीले काम गरेकी थिइन् । त्यसक्रममा मिलोसोभिक दोषी ठहरिए । सन् २०६६ मा उनले हिरासतमै आत्महत्या गरेका थिए । –नेपाली टाइम्सबाट
नेकपाका नेता विष्णु रिजालले थापा परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले विगत सम्झिँदै भनेका छन्, ‘डा. भेषबहादुर थापा दाइलाई पुत्रीशोक परेको खबरले साह्रै दुःख लागेको छ । दुई साता पहिलाको सोमबार भेट्ने तय भएकोमा विहानै फोन गरेर ‘भाइ, मेरी छोरीलाई साह्रै अप्ठेरो भएछ, श्रीमती उतै छन्, म आजै अमेरिका जानुपर्ने भयो’ भन्नुभएका डा. भेषबहादुर थापालाई एक मात्र छोरा भाष्कर गुमाएको छोटो अवधिमै जेठी छोरी तेजश्री गुमाउनुपर्दा दुःखमाथि दुःख थपिएको छ । दिवंगत तेजश्री थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा डा. भेषबहादुर थापा र श्रीमती डा. रिता थापासहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’