
अमेरिका, १५ चैत – नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयमा छोटो अवधिको कोर्स शुरू गरेका छन् ।
गगनले हावर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयको कोर्स गर्न लागेका हुन् । सिकाइ तथा कक्षामा फर्कन पाउँदा आफूलाई अत्यन्तै युवा महसूस भइरहेको गगनले बताएका छन् ।
अमेरिकी दूतावासले फोटोसहितको सन्देश लेखेको छ, ‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसूस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।’ हामी उहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं !’