सिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’

काठमाण्डु टुडे २०७५ चैत १९ गते १४:५९ मा प्रकाशित

काठमाण्डु,१९ चैत्र – सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच झगडा भएको छ ।

नेपाली विद्यार्थी बाटो काट्ने क्रममा अस्ट्रेलियनसँगको झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर घाइते भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन् ।

मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जनाएको छ ।

स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरेका थिए ।

घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि अस्पताल र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो । घटनापछि स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने भने नेपाली विद्यार्थी लिम्बु भने हिरासतमै रहेको एनएसडब्लु प्रहरीले जनाएको छ ।

उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us