
अष्ट्रेलिया, १० वैशाख – अस्ट्रेलियामा फेरी एक जना नेपालीको मृत्यु भएको छ । नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको शनिबार मृत्यु भएको हो ।
बेहोस भएका श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।
यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल लैजाने प्रक्रिया सुरु भएको छ । पछिल्ले समय अष्ट्रेलियामा नेपालीहरुको मृत्यु हुने दर बढेको छ ।