
काठमाण्डु, १२ बैशाख – दुबईमा भोलि (शुक्रबार) ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोग पुर्याउने उदेश्यले दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने भएको हो ।
दुबईस्थित सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा कार्यक्रम हुने धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् ।
ग्रान्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ ।