
दोहा, ३० भदौ– नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च कतारले समानुपातिक सभासद्का लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस गरिएकामा मञ्चका वर्तमान उपाध्यक्ष चानक पोखरेल (मोरङ), सल्लाहकारद्वय कमलमणि गुरागाईं (दाङ) र जियावावु खान (सर्लाही) छन् ।
पार्टी केन्द्रीय कमिटीले प्रवास कमिटीलाई पनि समानुपातिक सभासद् सिफारिस गर्न निर्देश गरेबमोजिम उनीहरुको नाम सिफारिस गरिएको मञ्चका अध्यक्ष दिलहीरण खजुमले जानकारी दिए ।