
अमेरिका, ७ जेठ – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह भारी मतले विजयी भएका छन् । निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन् ।
शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने सञ्जय थापाले १ हजार ५५४ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बन्जाडे विजयी भएका छन् । बन्जाडेले २ हजार ९४९ मत ल्याएका थिए ।
त्यसैगरी महासचिवमा पशुपति पाण्डे विजयी भएका छन् । क्षेत्रिय उपाध्यक्षहरुमा मिडवेष्टबाट बुद्धिसागर सुवेदी विजयी भएका छन् । नर्थइष्टबाट उपाध्यक्षमा बाबुराम लामा विजयी भएका छन् ।
त्यस्तै साउथ उपाध्यक्षमा कृष्णजिवि पन्त विजयी भए । वेष्ट उपाध्यक्षमा सर्वज्ञ वाग्ले वियजी छन् । यसैगरी सचिवमा अमृत बाबु कट्टेल विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल विजयी भएका छन् ।
सह–कोषाध्यक्षमा कुमार बिष्ट विजयी भएका छन् । महिला संयोजकमा दिक्षा बस्नेत विजयी भइन् भने युवा संयोजकमा बिनोद रुवालीले बाजीमारे विजयी भए ।
यस्तै १२ जना बोर्ड सदस्यका लागि भएको निर्वाचनमा छत्रा गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, सत्यनारायण चौधरी, चित्रा कार्की, धर्मा विश्वकर्मा, खिमबिक्रम भट्टराई, अम्मरबहादुर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी, तिलक केसी विजयी भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समितिसदस्यमा तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शंकर खड्का, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती विजयी भएका छन् ।