
अष्ट्रेृलिया, २१ जेठ – अस्ट्रेलियामा अन्धाधुन्ध चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्धाधुन्ध गोली प्रहार भएको हो ।
गोली लागेर केही व्यक्ति घाइतेसमेत भएका छन् । डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ।
घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारी पुरुषले एक महिलाको खुट्टामा लगातार ३–४ पटक गोली प्रहार गरेका थिए ।