
काठमाण्डु, २३ जेठ – नेपालीले चिनियाँ नागरिकको हत्या गरेपछि चीनले हुम्लाका स्थानीयलाई तिब्बतको ताक्लाकोट प्रवेशमा कडाइ गरेको छ । चिनियाँ पक्षले तीन सातामा झन्डै पाँच सय नेपाली फिर्ता पठाइदिएको छ ।
जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो ।
चिनियाँ नागरिकको हत्या गरेका उनीलाई पक्राउ गरेर अनुसनधान गरिरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जनाकारी दिए ।