रोनाल्डो रियल मेड्रिडमै रहने नयाँ सम्झौता

काठमाण्डु टुडे २०७० भदौ ३१ गते २:०१ मा प्रकाशित

ronaldo1चर्चित पोर्तुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोले अप्mनो वर्तमान क्लब रियल मेड्रिडमै रहिरहन नयाँ सम्झौता गरेका छन् । उनलाई वार्षिक १७ मिलियन युरो पारिश्रमिक दिने गरि रियलले पुनः अनुवन्धित गरेको हो ।
रियलसँग नयाँ अनुवन्ध गर्दै २८ वर्षिय रोनाल्डोले आफुले बाँकी खेल जीवन रियलमै विताउन चाहेको बताए । रियलसँग भएको अनुवन्धसँगै उनि उनको पुरानो क्लब मेन्चेस्ट युनाईटेड फर्कन सक्ने भनेर गरिएको अनुमान खारेज भएको छ । अनुबन्ध हुने क्रममा बोल्दै रोनाल्डोले मेन्चेस्टर आप्mनो विगत थियो वर्तमान रियल मेड्रिड हो भन्दै आप्mनो बाकीँ खेल जीवन रियलमा वित्ने आशा ब्यक्त गरे । रियलसँग गरिएको उनको पछिल्लो अनुबन्ध २०१५ मा समाप्त हुँदै थियो ।
रोनाल्डोलाई आप्mनो क्लबमा अनुबन्ध गराउन म्यान्चेस्टर युनाईटेड र फ्रान्सेली क्लब मोनाको लगायतले प्रयास गरेका थिए । तर रोनाल्डोले आफुलाई अनुबन्ध गर्ने क्लबहरुको भावनालाई सम्मान गर्दै आफुले रियल म्याड्रिडमानै रहन चाहेको जनाए । रोनाल्डोले आप्mनो खेल जीवन पोतुर्गाली क्लब स्पोर्टिङ लिस्बनबाट शुरु गरेका थिए । लिस्बनबाट म्यानचेस्टर युनाईटेड हुँदै उनि रियल म्याड्रिड पुगेका हुन् । एक सिजन स्पोर्टिङमा विताएका रोनाल्डोले सन् २००३ देखि २००९ सम्म ६ वर्ष म्यान्चेस्टरमा विताएका थिए । २००९ यता उनि स्पेनी क्लब रियल म्याड्रिडबाट खेल्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us