
ब्राजिल, २७ वर्षीया लौरा टेक्सिरा आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन् । लौराका लागि यो चलन महिला सशक्तिकरणको प्रमुख विषय बनेको छ ।
उत्तर अमेरिका (मेक्सिकोसहित)र पेरुका आदिवासी संस्कृतिमाझ जमिनलाई उर्बर बनाउनका लागि महिनावारीको बेलाको रगत हाल्ने गरिन्छ।सिडिङ द मुनू भनिने यो प्रथा पूर्खादेखि चल्दै आएको परम्पराबाट प्रभावित छ। यो प्रथा अनुसार महिनावारी हुँदाको रगतलाई प्रजनन शक्तिको प्रतीक मानिन्छ।
महिलाहरू जो यो अभ्यास गर्छन् उनीहरूको ‘मुन्सू’ मनाउने आफ्नै तरिका छ। उनीहरू महिनावारीको चरण र चक्रको आआफ्नै तरिकाले अर्थ लगाउँछन्। मैले पानी हालेका बिरुवाहरूले राम्रो पोषण पाएको र राम्रोसँग हुर्किएको देखेकी छु, उनले भनिन्।
तर जब उनले महिनावारी हुँदाको रगत शरीरमा दल्छिन्, उनले भनिन् उनी आँखा बन्द गर्छिन् र आफू उर्जावान् भएको महसुस गरेर कृतज्ञ हुन्छिन्।
उनले भनिन् महिनावारी हुँदाको रगतबारे समाजको धारणा एकदमै विभेदपूर्ण छ र महिनावारी हुँदा स्वयं महिलाले पनि त्यही महसुस गर्छन् भन्ने विषय लज्जाजनक हो।’ सिडिङ द मुन’ एकदमै साधारण र महिलालाई मनको शान्ति दिने एकदमै शक्तिशाली तरिका हो,सन् २०१८ मा वर्ल्ड सीड योर मून डेु कार्यक्रम सुरु गर्ने लेखिका, नर्तकी तथा साइकोथेरापिस्ट मोरेना कार्डोसोले भनिन्।
गत वर्ष उक्त कार्यक्रममा दुई हजार व्यक्ति उपस्थित भएका थिए जसले महिनावारीको रगत मिसाइएको पानी बिरुवामा हालेका थिए।उक्त कार्यक्रम गर्नुको उद्देश्यबारे मोरेनाले भनिन्, महिनावारीका बेला हुने रक्तस्राव लज्जाको विषय नभइ शक्ति र गौरवको कुरा भन्ने मानिसले बुझुन्।
उक्त कार्यक्रम अब अगस्ट ४ तारिखमा हुँदैछ। लौरा