
काठमाण्डु, २७ चैत– बेलायतमा कोरोना भाइरस संक्रमणबाट दुई पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।
लण्डन बस्दै आएका पूर्वगोरखा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ र ५८ वर्षीय शिव श्रेष्ठको मृत्यु भएको हो ।
गुरुङको नेपालस्थित ठेगाना पर्वतको पैयुंखोला र श्रेष्ठ सोलुखुम्बुका हुन् । गुरुङ र श्रेष्ठ दुवै सेवानिवृत्त भएपछि सामाजिक सेवाका काममा सक्रिय थिए ।
यसअघि पूर्वगोरखा सैनिकहरु लीलाबहादुर राई र प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको थियो । बेलायतमा कोरोना महाहारीका कारण ७ हजार बढीको ज्यान गइसकेको छ ।