
लण्डन, ३० चैत– कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ ।
गोरखा सैनिक ८६ वर्षीय यमबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको हो । स्जाङजा वालिङका स्थायी बासिन्दा मल्ल स्वीन्डनमा बस्दै आएका थिए । परिवारसँग बस्दै आएका मल्ललाई रुघाखोकी लागेपछि अस्पताल लगिएको थियो ।
परीक्षणका क्रममा उनमा कोरोना पोजेभिट देखिएको थियो ।