
लण्डन– गायक बद्री केसीले बेलायतमा आत्महत्या गरेका छन् ।
बेलायतको एजवेर बस्दै आएका ३२ वर्षीय केसी शनिबार रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । नेपालस्थित स्थायी ठेगाना पोखरा रहेका केसी १३ वर्षअघि अध्ययनका लिसिलामा बेलायत आएका थिए ।
पछिल्लो समय केसी मिल हिल नामक एक विद्यालयमा काम गर्दै आएका थिए । आत्महत्याअघि केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साथी, परिवार र संसारलाई नै गुडबाई ।’ उनका साथीहरुले फेसबुकमा पोष्ट देखेपछि स्थानीय प्रहरीमा त्यसबारे खबर गरेका थिए ।
शव अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा भएको रकम समेत परिवारको खातामा ट्रान्सफर गरेको देखिएको छ ।
केसी बेलायतमा हुने नेपालीहरुको जमघटमा लोकदोहोरी गाउन प्रसिद्ध थिए ।