
काठमाण्डु, २८ फागुन– अमेरिकामा नेपाली चालकमाथि दुव्र्यवहार गर्ने महिला पक्राउ परेकी छन् ।
ट्याक्सी सेवा उबरका चालक सुभाकर खड्कामाथि बिहीबार एक महिलाले ट्याक्सीभित्रै अमेरिकाको सन्फ्रान्सिस्कोमा दुव्र्यवहार गरेकी थिइन् ।
मलेसिया किङ नाम गरेकी २४ वर्षीया महिलालाई स्थानीय प्रहरीले पक्राउ गरेको हो । खड्काले मास्क लगाउन आग्रह गर्दा ती महिलाले दुव्र्यवहार गरेकी थिइन् ।
ट्याक्सी चढेका तीनमध्ये दुई महिलाले मास्क लगाएका थिए । तर, दुव्र्यवहार गर्ने महिलाले खड्काको मास्क खोलिदिनुका साथै मुख नजिकै गएर धेरैपटक खोकेकी थिइन् ।
ट्याक्सीमा अनिवार्य मास्क लगाउनुपर्ने नियमबारे बताएपछि महिलाले आफूसँग मास्क नभएको जवाफ दिएकी थिइन् । चालक खड्काले मास्क किन्न ट्याक्सी मोडेपछि दुव्यवहार भएको थियो ।