
न्यूयोर्क– अमेरिकामा एक नेपालीले अर्को नेपालीको गोली हानी हत्या गरेका छन् ।
न्यूजजर्सीस्थित मावा सहरमा २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीय फू छेवाङ्लाई गोली हानी हत्या गरेका हुन् । यो घटना गत सोमबार राति करिब १० बजेको समयमा भएको हो ।
ग्यास स्टेशनमा कार्यरत घिमिरेले सँगै कार्यरत छेवाङ्लाई गोली हानी हत्या गरेपछि आफैंले प्रहरीमा टेलिफोन गरी खबर गरेका थिए । घिमिरेलाई पत्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ । उक्त गोली प्रकरणको कारण खुलेको छैन ।