आइतबार सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ माघ २३ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, २३ माघ– साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको
मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us