
काठमाण्डु, ४ वैशाख– अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको सवारी दुर्घटनामा एक नेपालीको ज्यान गएको छ ।
क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा भएको कार दुर्घटनामा ३२ वर्षीय प्रज्वलविक्रम विष्टको बिहीबार राति भएको कार दुर्घटनामा मृत्यु भएको हो ।
विष्टको रोकिएको कारलाई पछाडिबाट अर्को कारले ठक्कर दिएको त्यहाँको प्रहरीले जनाएको छ ।