शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

काठमाण्डु टुडे २०७९ असोज २५ गते ७:३८ मा प्रकाशित

कालिकाृेट, २५ असोज– कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ । कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन् । यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो ।

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन् । उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us