घरजग्गा कारोबारमा भारी गिरावट

काठमाण्डु टुडे २०७९ कार्तिक १४ गते ७:४९ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।

गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ । गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाण्डुको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पास भएको छैन । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us