
काठमाण्डु, ६ भदौ- संयुक्त राज्य अमेरिकाको भर्जिनियामा श्रीमती हत्याको आशंकामा एक नेपाली पक्राउ परेका छन् ।
पर्नेमा नेपालस्थित ठेगाना धनगढी भएका नरेश भट्ट हुन् ।
भर्जिनियाको स्थानीय मनासस पार्क प्रहरीले स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे घरबाटै पक्राउ गरेको हो । भट्ट पत्नी ममता काफ्ले अवस्था विगत २१ दिनदेखि अज्ञात छ । भर्जिनियास्थित नेपाली समुदायले भट्टले नै ममताको हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धानको दायरामा ल्याउन निरन्तर दबाब दिंदै आएको थियो ।
१६ साउनमा बेपत्ता भएकी नर्स ममता काफ्लेको घरमा रातभर खानतलासीपछि बिहान ११ बजे नरेशलाई पक्राउ गरेको हो । भट्ट अमेरिकी सेनाका अवकाश प्राप्त कर्मचारी हुन् ।
पेशाले स्टाफ नर्स ममता स्थानीय एक अस्पतालमा काम गर्थिन् । धेरै दिनसम्म सम्पर्कमा नआएपछि काभ्रको पनौतीस्थित माइतीपक्षले भर्जिनियामा रहेका नातेदारमार्फत ममताको खोजी गरेका थिए । तर घर , कार्यरत अस्पताल र सम्भाव्य स्थानहरुमा खोज्दा पनि अवस्था पत्ता नलागेपछि ५ अगस्टमा प्रहरीमा खबर गरिएको थियो ।
भर्जिनिया प्रहरीले सामाजिक संजाल र वेभसाइट मार्फत ममता हराएको सूचना जारी गर्दै देखेमा खबर गर्न भनेको थियो । नरेश र ममताका१ वर्षकी नाबालक छोरी छन् । क्राउ परेका नरेशमाथि कुन अगियोग लगाइएको छ भन्नेबारे प्रहरीले केही बताएको छैन ।
मनासस पार्क प्रहरीका अधिकारीहरुले यसअघि ममताको खोजी तथा अनुसन्धानमा नरेशले सहयोग नगरेको र हराएको विषयमा समयमै जनकारी दिन नचाहेको भनाइ सार्वजनिक गरेका थिए ।