साफ महिला च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते २२:२५ मा प्रकाशित

काठमाण्डू, ११ कात्तिक- साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइन प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आइतबार भएको सेमिफाइनलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई ४-२ गेल अन्तरले पराजित गरेको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रर्दशनका कारण नेपालको जित सहज बनेको हो ।

दुवै टिमले निर्धारित समयमा एक/एक गोल बराबरी गरेपछि खेल पेनाल्टी शुटआउटमा प्रवेश गरेको थियो ।

पेनाल्टीमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्र गर्न सक्यो । 

योसंगै फाइनलमा नेपालले बुधबार बंगलादेशसँग भेंट पक्का गरेको छ ।

विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो ।

खेलको सुरुमै रेफ्रीले नेपालकी पौडेललाई रातो कार्ड देखाएपछि घरेलु दर्शक आक्रोशित भए । उनीहरुले मैदानमा पानीका फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । त्यसपछि सुरु खेलको केही समयमै भारतले संगीता बास्फोरलेको गोलमा १-० को अग्रता लियो ।

भारतीय टोली गोलको खुसी मनाइरहेका बेला किकअफमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । यद्यपि रेफ्रीले ह्विसल बजाएर खेलको सुरुआत गरेका थिए । नेपालको गोललाई मान्यता नदिएपछि सुरु भएको विवादका कारण खेल झण्डै १ घण्टा रोकियो ।

खेल सुचारु भएको केहीबेरमै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछि कुनै पनि टोलीले गोल गर्न सक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुगेको हो ।

नेपाल र भारतबीच साफ सेमिफाइनलमा दोस्रोपटक प्रतिस्पर्धा भएको हो ।

यसअघि पनि सन् २०२२ मा दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थिय । त्यतिबेला फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us