असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– चालु आर्थिक बर्षको असोज महिनामा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।

साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्र्याउन सफल भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us