राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– नेपाल राष्ट्र बैंकको सम्पति गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा ३०.१५ प्रतिशतले वृद्धि भएको छ । २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको नेपाल राष्ट्र बैंक द्धारा जारी गरीएको वार्षिक प्रतिवेदनमा उल्ल्ेख गरीएको छ ।

असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८९.२३ प्रतिशत छ । यसमा गोल्ड सर्टिफिकेटसमेत जोडिएको छ । त्यस्तै ६.३७ प्रतिशत नगद तथा नगद तथा बैंक मौज्दात र अन्य सम्पत्तिको अंश ४.४१ प्रतिशत रहेको तथ्याङकमा उल्लेख गरीएको छ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आव २०८०.८१ मा राष्ट्र बैंकले ३७.८० प्रतिशतले लगानी वृद्धि गरेको छ । यसअनुसार गत असारसम्म राष्ट्र बैंकले १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ ।

राष्ट्र बैंकसँग गत असारमा १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा १९.९० प्रतिशतले वृद्धि भई ८० अर्ब २४ करोड ४७ लाख कायम भएको छ ।

सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.८४ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.३२ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १.४८ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us