अमेरिकी आरोपपछि गौतम अदानीले एकै दिन १५ अर्ब डलर गुमाए

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते २२:०८ मा प्रकाशित

एजेन्सी- भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति एकै दिन १५ अर्ब अमेरिकी डलरले घटेको छ ।

अमेरिकाको न्योर्कस्थित अदालतले सौर्य ऊर्जाको ठेक्का पाउन भारतीय अधिकारीलाई २५ करोड डलर घूस प्रस्ताव गरेको कसुरमा मुद्धा दायर गरेपछि नाटकीय रुपमा केही घण्टामै उनको सम्पत्ति घटेको हो ।

अदीनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छ । अदानीको लगानी रहेका कम्पनीको सेयरमा बिहीबार भारी गिरावट आएको छ ।

अमेरिकाले गौतम अडानी र उनका भतिजासहितलाई भ्रष्टाचार गरेको र सरकारी छानबिनमा अवरोध गरेको आरोप लगाइएको छ ।

द वायरका अनुसार ९ हजार मेगावाटको सौर्य ऊर्जा परियोजनाको ठेक्का अदानीलाई मिलाउन २५ करोड डलर घूस दिएको आरोप भारतीय कम्युनिष्ट पार्टीले २०२१ मै लगाएको थियो ।

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले अदानीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई अदानी र अम्बानी समूहले चलाएको आरोप लगाउंदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us