कन्ट्री रेटिङको नजिता उत्साहजनक आएको छः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते ११:३० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) को नजिता मुलुकका लागि अनुकूल आएको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कन्ट्री रेटिङले नतिजाले लगानीका दृष्टिकोणले नेपाल सुरक्षित रहेको सन्देश गएको बताए ।

सार्वभौम क्रेडिट रेटिङको नतिजता सबै नेपालीका लागि खुसीको कुरा भएको उनको भनाइ थियो । पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान पनि गरे ।

कन्ट्री रेटिङको नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र थप लगानी अनुकूल बनाउन भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए ।

नेपालले प्राप्त गरेको कन्ट्री रेटिङले अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।

पत्रकार सम्मेलनमा अर्थसचिव डा।रामप्रसाद घिमिरेले क्रेडिट रेटिङले राम्रो नतिजा दिएको भन्दै खुसी व्यक्त गरे ।

उनले अब ऋणमा चुनौती कम हुने बताए । यसले व्यवसायिक वातावरण र वैदेशिक लगानी ल्याउन वातावरण बनाउने घिमिरेको विश्वास थियो ।
फिच रेटिङ कम्पनीले बिहीबार बुझाएको कन्ट्री रेटिङको नजितामा नेपालले ‘बीबी माइनस’ स्कोर प्राप्त गरेको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us