
काठमाण्डु, ९ मंसिर– साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक (१३.३) अंकले ओरालो लागेको छ ।
१३.३ अंकले घट्दा नेप्से परिसूचक २६६७.४० विन्दुमा झरेको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ ।
अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार ५५ कम्पनीको सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।