धितोपत्र बोर्डका अध्यक्षले आशंका चिरेर काम गर्ने अर्थमन्त्रीको विश्वास

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १९:४० मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले श्रेष्ठलाई सपथ गराएका हुन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर बोर्ड अध्यक्ष छनोट गरेको बताए ।
अध्यक्ष नियुक्तिसँगै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागत रुपमा सम्बोधन गर्ने विश्वास पौडेलले व्यक्त गरे ।

पुँजी बजारको व्यवस्थित विकासका लागि नवनियुक्त अध्यक्ष श्रैष्ठले गतिशील ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे ।

अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरुलाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरिएको बताए ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us