
काठमाण्डु, १२ मंसिर– साताको कारोबारको चौथो दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से ३८.८१ अंकले वृद्धि भएको छ ।
उच्च अंकले बजार बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ ।
४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । आज (बुधबार) १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यको नेप्सेले जनाएको छ ।
बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।