त्रिविका विद्यार्थीलाई एनपिएलको टिकटमा ५० प्रतिशत छुट

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– शनिबारबाट सुरु हुने नेपाल प्रिमियर लिग एनपिएलको टिकेटमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूलाई साधारणतर्फको टिकटमा ५० प्रतिशत छुट दिने सहमति भएको नेपाल क्रिकेट संघले जनाएको छ ।
क्यान प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा क्यान र विश्वविद्यालयबीच त्यससम्बन्धी सम्झौता भएको उल्लेख छ ।

एनपिएलको उद्घाटनमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । उक्त खेलको टिकट भने यसअघि नै बिक्री भइसकेको क्यानले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us