कीर्तिपुरमा एनपीएलको रौनक

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– त्रिवि क्रिकेट मैदानमा रौनक छ । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेपछि मैदान दर्शकले भरीएको छ । आगामी ६ पुससम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।

सबै टोलीमा विदेशी खेलाडी सहभागी भएका छन् । विश्व चर्चित खेलाडीहरु सहभागी हुने भएकोले कीर्तिपुर मैदानमा दर्शकको घुइँचो लागेको हो ।

पहिलोपटक हुन लागेको एनपीएलमा भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपालमा आईपुगेका छन । आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

यो खेल हेर्न कर्णाली याक्समा अनुबन्ध भएका धवन पनि मैदानमा पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us