लुम्बिनी लायन्सलाई हराउदै विराटनगर किङ्सको पहिलो जित

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– आज बुधबार भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेलमा विराटनगर किंग्सले पहिलो जित निकाल्न सफल भएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्न सफल भएको हो ।

विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भएको हो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए । विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे ।

त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए । सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका प्रहार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us