काठमाण्डुलाई सुदूरपश्चिमले दियो १६८ रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १५:१० मा प्रकाशित

काठमाण्डु, २० मंसिर– सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनफीएलमा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाउन सफल भएको थियो ।

म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाउन सफल भएका थिए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन बनाउन सफल भए ।

ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । काठमान्डुका रासिद खानले २ विकेट लिन सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us