
काठमाण्डु, २३ मंसिर– आज आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ ।
हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पार्न सफल भएको हो । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सफल भएको हो । लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा रहेको छ ।