कर्णालीका विलियम बने एकै खेलमा ६ विकेट लिने खेलाडी

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १५:३० मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (मंगलबार) भएको खेलमा कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बन्न सफल भएका छन ।

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिन सफल भएका हुन । कर्णालीका बोसिस्टोले पोखरा एभेन्जर्स विरुद्ध अहिले भइरहेको खेलमा ६ विकेट लिन सफल भएका हुन ।

अष्ट्रेलियाका ३१ वर्षिय अलराउण्डर बोसिस्टोले ४ ओभर स्पेलमा २८ रन खरेचेर ६ विकेट लिएका हुन् । उनले खेलको १४औं ओभरमा ३ विकेट लिएका थिए ।

बोसिस्टोले यसअघि विराटनगर किंगु विरुद्ध ब्याटिङमा अर्धशतक बनाएर प्लेअर अफ दि म्याच बन्न पनि सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us